सिन्धुपाल्चोक केन्द्रविन्दु भएर मध्यराति ६.१ म्याग्निच्युडको भूकम्प

नेपालभ्युज

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर मध्यराति ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । नेपालमा भूकम्प गएको छ । बिहीबार मध्यराति २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बागमती र कोशी प्रदेशमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको थियो । यसले गर्दा काठमाडौंका बासिन्दा घर बाहिर निस्किएका थिए ।

यस्तै पश्चिम नेपालको पोखरा, पाल्पामा समेत भूकम्प महसुस गरिएको त्यहाँका स्थानीय प्रतिनिधिहरूले जनाएका छन् ।

भूकम्पले पुर्याएको क्षतिबारे विवरण आउन बाँकी छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved