मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, ईभीकाे डाउनपेमेन्ट बढ्यो (पूर्णपाठसहित)

नेपालभ्युज

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, ईभीकाे डाउनपेमेन्ट बढ्यो (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार साँझ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको हो ।

;सार्वजनिक गरिएको नीतिगत व्यवस्था  अनुसार व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (Loan to Value Ratio) को सीमालाई ६० प्रतिशत कायम गरिएको छ ।

यसअघि विद्युतीय सवारीसाधनको ऋण मूल्य अनुपात ८० प्रतिशत थियो । नयाँ व्यवस्था अनुसार अब विद्युतीय सवारीमा ६० प्रतिशत मात्रै कर्जा पाइने भएको छ भने बाँकी ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने भएको छ । यसअघि २०% डाउनपेमेन्टमा ईभी पाइन्थ्याे ।

असल कर्जाको प्रोभिजन दर १ प्रतिशतमा झारिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि यस्तो दर १.१ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।

यस्तो छ मौद्रिक नीतिको  समीक्षा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved