स्थानीयबीच झडप हुँदा तनावग्रस्त नवलपरासी पश्चिम, केही राउण्ड हवाई फायर

नेपालभ्युज

स्थानीयबीच झडप हुँदा तनावग्रस्त नवलपरासी पश्चिम, केही राउण्ड हवाई फायर

काठमाडौं । दुई समूहबीच झडप हुँदा नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुर क्षेत्र तनावग्रस्त बनेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको जिल्ला प्रशासन कार्यालय, नवलपरासीले जनाएको छ ।

सोमबार राति दुई स्थानीय व्यक्तिबीच झगडा भएको थियो । सोही विषयलाई लिएर मङ्गलबार दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।

घटनामा प्रहरी र स्थानीयसहित १५ जना घाइते भएका छन् । अहिले स्थिति सामान्य बन्दै गइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved