लमजुङमा भूकम्पको धक्का महसुस

नेपालभ्युज

लमजुङमा भूकम्पको धक्का महसुस

काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

आज (सोमबार) बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।

पछिल्लो समयमा नेपालमा साना भूकम्प लगातार आइरहेका छन् । गत वर्ष भने जाजरकोट केन्द्रविन्दु भएर विनाशकारी भूकम्प गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved