बेलुन पड्किँदा घाइते भएका पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

नेपालभ्युज

बेलुन पड्किँदा घाइते भएका पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं । बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कीर्तिपुर अस्पतालमा उपचाररत उनी बिहीबार डिस्चार्ज भएका हुन् ।

पोखरा भ्रमण वर्ष, २०२५ को समारोह उद्घाटन गर्ने क्रममा बेलुन पड्किँदा आचार्य घाइते भएका थिए ।

उनीसँग सोही विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । पौडेल भने दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।

आज अपराह्न आफू अस्पतालबाट डिस्चार्ज भएको मेयर आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।

पोखरामा बेलुन विस्फोट प्रकरण : निर्धालाई अभद्रको कसुर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved