क्यानडामा विमान अवतरण गर्ने क्रममा पल्टियो

नेपालभ्युज

क्यानडामा विमान अवतरण गर्ने क्रममा पल्टियो

काठमाडौं । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान पल्टिएको छ । विमान अवतरण गर्ने समयमा यो दुर्घटना भएको बीबीसीको समाचारमा उल्लेख छ ।

अमेरिकी सङ्घीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरण गर्ने क्रममा पल्टिएको थियो । विमानमा ८० जना सवार थिए ।

चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १५ जना घाइते भएका छन्, जसमध्ये तीनजना गम्भीर घाइते भएको बताइएको छ । घाइतेहरूमा एक बालक र दुई वयस्क रहेका छन् ।

एफएएका अनुसार सबै यात्रुहरूलाई विमानबाट बाहिर निकालिएको थियो । विमान पल्टिनुको कारण अझै थाहा हुन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved