गाजामा ट्रम्पको योजनाबारे नेतन्याहु : वास्तविक बनाउन काम गरिरहेको छु

नेपालभ्युज

गाजामा ट्रम्पको योजनाबारे नेतन्याहु : वास्तविक बनाउन काम गरिरहेको छु

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका लागि प्रस्ताव गरेको योजनालाई ’वास्तविक’ बनाउन आफू काम गरिरहेको बताएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई भेटेपछि उनले यस्तो बताएका हुन् ।

नेतन्याहुले आइतबार अमेरिकी विदेशमन्त्री रुबियोलाई भेटेका थिए । त्यसपछि उनले प्यालेस्टिनी भूभागमा ’साझा रणनीति’अन्तर्गत अमेरिकासँग सहकार्य गरिरहेको बताए ।

हालै अमेरिकी राष्ट्रपति ट्रम्पले गाजा पुनर्निर्माण नभएसम्म त्यहाँका बासिन्दालाई अन्यत्र पठाउनुपर्ने प्रस्ताव गरेका थिए । यद्यपि, मध्यपूर्वका देशहरूले ट्रम्पको यो प्रस्तावलाई अस्वीकार गरे ।

यी देशहरूमा इजिप्ट र जोर्डन पनि पर्छन् ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले ट्रम्पको दृष्टिकोण कार्यान्वयन गर्ने तरिकाहरूका बारेमा आफू र रुबियोबीच छलफल भएको बताए । उनले गाजाको मामिलामा अमेरिका र इजरायलको अडान समान रहेको उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved