काठमाडौं विश्वकै चौथो प्रदूषित सहर, शीर्ष स्थानमा दिल्ली

नेपालभ्युज

काठमाडौं विश्वकै चौथो प्रदूषित सहर, शीर्ष स्थानमा दिल्ली

काठमाडौं । राजधानी काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ ।

विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।

यस्तै छिमेकी राष्ट्र भारतको राजधानी दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । दिल्ली २०१ एक्यूआईसहित विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो ।

यसैगरी दक्षिण एसियाकै मुलुक बङ्गलादेशको राजधानी ढाका प्रदूषित सहरको दोस्रो नम्बरमा छ । बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।

तेस्रो नम्बरमा पनि अर्को दक्षिण एसियाली देश पाकिस्तानको सहर लाहोर परेको छ । यहाँको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ ।

काठमाडौंमा वायु प्रदूषण मङ्गलबार रातिसम्म नै बढ्ने वातावरण विभागको पूर्वानुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved