हलेसी आगलागी : अन्यत्र पनि फैलियो आगो, दमकल नहुँदा नियन्त्रणमा समस्या

नेपालभ्युज

हलेसी आगलागी : अन्यत्र पनि फैलियो आगो, दमकल नहुँदा नियन्त्रणमा समस्या
सांकेतिक तस्वीर।

काठमाडौं । खोटाङको हलेसी बजारमा भएको आगलागी अझै  नियन्त्रणमा आउन सकेको छैन् ।

आइतबार साँझ स्थानीय पदम राईको हार्डवेयर पसलबाट फैलिएको आगो छेउमा रहेका अन्य दुईवटा टहरा र एउटा पक्की घरमा पनि फैलिएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिए ।

दमकल नहुँदा आगलागी नियन्त्रणमा समस्या भएको उनको भनाइ छ ।

हाल दमकलको अभावमा ट्याङ्करको पानी र जेसीबीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको प्रजिअ कार्कीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved