कार्यक्रम उद्घाटन गर्दा बेलुन फुटेर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते 

नेपालभ्युज

कार्यक्रम उद्घाटन गर्दा बेलुन फुटेर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते 

पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् ।

शनिबार पोखरा रङ्गशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा मेयर आचार्य र अर्थमन्त्री पौडेल घाइते भएका हुन् ।

इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा बेलुन फुट्दा आगोको लप्काले लागेर उनीहरू घाइते भएको जनाइएको छ ।
उनीहरू दुवैलाई उपचारका लागि अस्पताल लगिएको स्रोतले जनाएको छ ।

पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved