फेसबुकमा केटी बनेर ६ लाख ठग्ने दुई युवक पक्राउ

नेपालभ्युज

फेसबुकमा केटी बनेर ६ लाख ठग्ने दुई युवक पक्राउ

पोखरा । फेसबुकमा केटीको नामबाट नक्कली आइडी बनाएर ठगी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलान्चोकको चौडी देउराली घर भइ काठमाडौंको स्रोहखुट्टे बस्ने १९ वर्षीय मनिष भुजेल र भुम्लुका २१ वर्षीय निशा पहारी पक्राउ परेका हुन् ।

उनीहरूले फेसबुकमा नेहा गुरुङ नामको नक्कली आइडी खोलेर बेलायत लैजाने प्रलोभन देखाउँदै ६ लाख भन्दा धेरै रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

ठगीमा परेका युवकले प्रहरीमा उजुरी दिएपछि पक्राउ परेका दुवैलाई अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको  पनि प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved