चीन–नेपाल मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा

नेपालभ्युज

चीन–नेपाल मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा

काठमाडौं । चीन–नेपाल मैत्रीपूर्ण फुटबल खेलको तयारी पुरा भएको छ ।

शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली यु–२० टिमका प्रमुख प्रशिक्षक राजेश शाहीले खेल जित्नका लागि खेल्ने भएकाले युवा टोलीले राम्रो खेल देखाउने विश्वास व्यक्त गरेका हुन् ।

त्यस्तै नेपाली यु–२० टिमका कप्तान सिमान्त थापाले छोटो अवधिमा राम्रो तयारी भएको र नजिता आफ्नो पक्षमा आउने बताएका छन् ।

चीन र नेपालका दुवै युवा टोली खेल जित्ने लक्ष्यका साथ मैदान उत्रने दुई टोलीका प्रशिक्षक र कप्तानहरूले जनाएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने मैत्रीपूर्ण फुटबलका लागि चीन युनान युवा फुटबल टोली नेपाल आइसकेको छ ।

त्यस्तै चीन युनान युवा फुटबल टिमका प्रशिक्षकले पनि मैत्रीपूर्ण खेलका लागि राम्रो तयारी भएको जनाएका थिए । दूतावासले दोस्रो पटक मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो । गत वर्ष नेपालको युवा टोलीले चीनको टोलीलाई हराएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved