काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेश जसजरी पनि पारित गर्ने बताएका छन् ।
शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित “नेपालका लागि आईसिटी आधारित उद्यमशिलताः आर्थिक समृद्धिको नयाँ बाटो” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने बताएका हुन् ।
सरकारले ल्याएको अध्यादेश देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवर्द्धन गर्ने हिसाबले ल्याएको उनले बताए । “अध्यादेशको विरोध भयो भनेर कोशिस असफल हुँदैन । दुई प्रमुख राजनीतिक दलहरुले सचेततापूर्वक अध्यादेश ल्याएको हुँदा पारित गर्ने अनेक विकल्पहहरू छन्,” उनले भने ।
विकल्प प्रयोग गरेर भए पनि अध्यादेशलाई राज्यको कानूनमा ढाल्ने उनको भनाइ थियो । अध्यादेश आफैँमा कानून भएको तर्क गर्दै उनले कार्यान्वयनका लागि नियमावली नरहेको कुरा आएकामा नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली आवश्यक हुने तर्क गरे ।
Facebook Comment
Comment