मैले धेरै नै मेहनत गरेर भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गरेको थिएँ : प्रचण्ड

नेपालभ्युज

मैले धेरै नै मेहनत गरेर भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गरेको थिएँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बङ्गलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोशेढुङ्गा भएको बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरूसँग शुक्रबार भएको भेटमा उनले यस्तो धारणा राखेका हुन् ।

प्रचण्डले प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय कमकक्षीसँग त्रिदेशीय विद्युत् व्यापारको सहमति गरेका थिए । ‘भारत र बंगलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत् व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो’, उनले भने, ‘हामीले जलविद्युत् उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बङ्गलादेश लगायतलाई देशलाई विक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौं ।’

भारतहुँदै बङ्गलादेशमा विद्युत् निर्यात गर्ने र भारतलाई १० वर्षमा १० हजार मेगावट विद्युत् बिक्री गर्ने सम्झौता तथा चीनमा विद्युत् निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उनले यसका लागि विद्युत् उत्पादनमा ध्यान दिनुपर्ने बताए । तर, अहिले सरकारले विद्युतको विकासभन्दा पनि भएका संरचनालाई प्रभावित गर्ने गरी हस्तक्षेप बढाएको टिप्पणी उनले गरे ।

पूर्वप्रधानमन्त्री प्रचण्डले इप्पानले विद्युत् उत्पादनमा महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरे । आफूले सरकारको नेतृत्व गर्दा ऐनको बाधा, राष्ट्रिय निकुञ्ज ऐन २०२९ र वनका विभिन्न मुद्दा सम्बोधन हुनेगरी अध्यादेश ल्याए पनि अदालतले रोकेकाले यसका लागि थप लबिङको आवश्यकता रहेको पनि उनले स्पष्ट गरे ।

इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् विकासमा प्रचण्डको योगदान महत्वपूर्ण रहेको औल्याउँदै उनको पालामा त्रिदेशीय विद्युत् व्यापार सम्झौता, निजी क्षेत्रसँग २८ हजार मेगावाट विद्युत् उत्पादनको सहमति, लोडसेडिङ अन्त्य ऐतिहासिक कार्य भएको बताए ।

उर्जा विधेयक संसदमा छलफल हुन थालेको जानकारी दिँदै उनले पहिले ५० वर्षको लाइसेन्स हुने व्यवस्था रहेकोमा अहिले ३५ वर्ष प्रस्ताव गरिएको र अहिले थुप्रै फाइल थन्किएकाले यसमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा सहजीकरण गरिदिन प्रचण्डलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved