काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बङ्गलादेशको सत्ता परिवर्तनमा आफूहरूको कुनै भूमिका नभएको बताएका छन् ।
भारतीय प्रधानमन्त्रीसँगको वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले शेख हसिनालाई प्रधानमन्त्रीबाट हटाउनमा अमेरिकाको भूमिका नभएको स्पष्ट पारेका हुन् ।
‘यसमा हाम्रो राज्य संयन्त्रको कुनै भूमिका छैन । बरु भारतका प्रधानमन्त्री मोदी यस विषयमा लामो समयदेखि जानकार हुनुहुन्छ,’ उनले भने ।
बङ्गलादेशमा विद्यार्थीले नेतृत्व गरेको आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री हसिनाले गत अगस्ट ५ मा देश छोडेर जानु परेको थियो । उनी हाल भारतमा बस्दै आएकी छिन् ।
यसपछि बङ्गलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । यसमा अमेरिकाको हात रहेको आरोप लाग्ने गरेको छ ।
बङ्गलादेशको वर्तमान सरकारले भारतलाई हसिनालाई देश फिर्ता पठाउन बारम्बार आग्रह गरिरहेको छ ।
Facebook Comment
Comment