युक्रेनको विषयमा अमेरिकासँग वार्ता गर्न रुस तयार, प्रतिनिधिमण्डल गठन गर्ने तयारी

नेपालभ्युज

युक्रेनको विषयमा अमेरिकासँग वार्ता गर्न रुस तयार, प्रतिनिधिमण्डल गठन गर्ने तयारी

मस्को । रुसले अमेरिकासँग वार्ताका लागि वार्ता टोली तयार गर्न थालेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनलगायत विषयमा अमेरिकासँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन गर्ने प्रयास भइरहेको बिहीबार पुष्टि गरेका हुन् ।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तत्काल बैठक आयोजना गर्न क्रेमलिनले आवश्यक ठानेको बताए ।

उनले भने, ‘यस्तो बैठक चाँडै हुन जरुरी छ । राष्ट्रप्रमुखले धेरै कुरा गर्नुपर्छ । एजेन्डामा धेरै विषयहरू छन्, जुन हिजो टेलिफोन कुराकानीको क्रममा संक्षिप्त रूपमा समावेश गरिएको थियो ।’

यद्यपि, कुनै मिति तोक्न अझै हतार हुने बताउँदै उनले आगामी दिनमा यस्तो बैठक आयोजना गर्ने तयारी सुरु हुने बताए । उनले युक्रेनका विषयमा अहिलेसम्म कुनै ठोस वार्ता नभएको पनि स्पष्ट पारे ।

उनले थपे, ‘कार्यस्तरमा अहिलेसम्म ठोस सम्पर्क हुन सकेको छैन । हाम्रा नेता पुटिन र अमेरिकी राष्ट्रपतिबीच छलफलपछि हिजो साँझ निर्देशनहरू दिइएको छ । यसैले, हामीले थोरै धैर्य गर्न आवश्यक छ ।’

पुटिन र ट्रम्पबीच बुधबार ९० मिनेट टेलिफोन वार्ता भएको थियो । उनीहरूले युक्रेनको अवस्था, द्वन्द्वको शान्तिपूर्ण समाधान, मध्यपूर्व र द्विपक्षीय आर्थिक सम्बन्धलगायत विषयमा छलफल गरेका थिए ।

ट्रम्पले पुटिनलाई फोन गरेर सोधे – हामी कहिले भेट्ने ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved