काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन सम्पन्न भएको छ ।
महाधिवेशनबाट डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षमा डा भट्टराई ७ सय ६१ मत सहित विजयी हुँदा प्रतिस्पर्धी नेत्र चापागाईंले ६३ मत पाए ।
त्यस्तै, उपाध्यक्ष (खस आर्य) ईश्वर रिजालले ३ सय ९३ मत पाए , उपाध्यक्ष (आदिवासी जनजाती) टेक बहादुर बाठामगरले ३ सय ११ मत पाए । उपाध्यक्ष (दलित) दुर्गा सोब, उपाध्यक्ष (महिला) मानुषी यमी भट्टराई भने निर्विरोध निर्वाचित भएका हुन् ।
उपाध्यक्ष (मधेशी थारु) उमेश शाहले ३ सय ९५ मत पाए । यसैगरी महासचिव (खुला) सोनाम सिंह स्याङ्तानले ४०९ मत पाए , सचिव (खुला) लक्ष्मण कार्कीले ३ सय ५३ मत पाए । सचिव (खुला) भरतराज दाहालले ३ सय ७९ मत पाए । यस्तै सचिव (महिला) आसाकुमारी तामाङले ३ सय १४ मत पाइन् । कोषाध्यक्षमा हरि रिजाल निर्वाचित भएका छन् ।
हेर्नुहोस् कसले कति मत ल्याए
Facebook Comment
Comment