काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले मुद्दाको सुनुवाइ पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले उक्त निर्णय बदरको माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश गरेको हो ।
न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्चमा नेपाल र भट्टराईलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबीसहित भ्रष्टाचार मुद्दा चलाउन माग गरेका थिए ।
Facebook Comment
Comment