नेसपा नयाँ शक्तिको अध्यक्षमा डा. बाबुराम भट्टराई विजयी

नेपालभ्युज

नेसपा नयाँ शक्तिको अध्यक्षमा डा. बाबुराम भट्टराई विजयी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा विजयी भएका हुन् ।

खसेका जम्मा ८७३ मतमध्ये भट्टराईले ८ सय २ मत र चापागाईँले ७१ मत ल्याएका छन् । मत परिणामको औपचारिक घोषणा साँझ ५ बजे पत्रकार सम्मेलन गरेर दिने नवनिर्वाचित उपाध्यक्ष मानुषी यमी भट्टराईले जानकारी दिएकी छन् ।उनका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा औपचारिक घोषणा कार्यक्रम राखिएको छ ।

त्यहाँ समाजवादीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रम समेत छ । साथै, भट्टराईले सम्बोधन समेत गर्ने छन् ।

आइतबारदेखि प्रज्ञा भवनमा सुरू भएको नेसपा नयाँ शक्तिको महाधिवेशन नेतृत्व चयन गरेर आज सकिँदै छ । यसअघि महाधिवेशनको बन्दसत्रबाट भट्टराईले पेस गरेको राजनीति तथा सांगठनिक प्रतिवेदन अनुमोदन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved