इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपालको अन्तिम टोली घोषणा

नेपालभ्युज

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपालको अन्तिम टोली घोषणा

काठमाडौं । इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपालको अन्तिम टोली घोषणा गरिएको छ ।

बिहीबार अखिल नेपाल फुटबल संघ एन्फाले २३ सदसीय टोलीको घोषणा गरेको हो ।

गोलकिपरमा अञ्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ र अन्जना राना मगर रहेका छन् ।

डिफेन्डरमा अमृता जैसी, गीता राणा, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी र मनमाया धामी रहेका छन् ।

अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, सविता राना मगर, रेनुका हमाल र सुस्मा तामाङ मिडफिल्डरका रुपमा टोलीमा छन् ।

फर्वाडमा भने सावित्रा भण्डारी, रस्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।

एन्फाले एएफसी एसियन कप र फिफा विश्वकपको तयारीस्वरुप फिफा अन्तर्राष्ट्रिय विन्डोमा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको आयोजना गर्न लागेको हो।

प्रतियोगिता फागुन ५ देखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । प्रतियोगितामा नेपालसँगै कीर्गिस्तान, म्यानमार र लेबननले प्रतिस्पर्धा गर्नेछ।

फागुन ५ मा नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved