प्रचण्डले गरे गुल्मीमा हेलीप्याड र पिस पार्कको उद्घाटन

नेपालभ्युज

प्रचण्डले गरे गुल्मीमा हेलीप्याड र पिस पार्कको उद्घाटन

तम्घास । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलीप्याड तथा मालिका पिस पार्कको उद्‌घाटन गरेका छन् ।

मालिका गाउँपालिकाको वडा नम्वरअर्खाबाङमा निर्माण भएको हेलीप्याड र सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रुपमा चर्चित मालिका पिस पार्कको प्रचण्डले बिहीबार उद्‌घाटन गरेका हुन् । 

सो अवसरमा प्रचण्डले नेपालकै नमूना हेलीप्याड निर्माण भएको बताउँदै यसले विपद् तथा आपतकालीन अवस्थामा नागरिकको उद्धार तथा राहतमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । 

गुल्मीका विभिन्न स्थानको भ्रमणमा रहेका प्रचण्डले मालिका गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवन र आजै धुर्कोट गाउँपालिकामा निर्माण भएको शहीद पार्कको उद्‌घाटन गर्ने कार्यक्रम छ । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved