बढ्यो सुनचाँदीको मूल्य

नेपालभ्युज

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन आज तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँले कारोबार भइरहेको छ ।

बुधबार भने सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा ३५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । चाँदी आज तोलामा १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved