स्वस्थानी व्रत समापन हुँदै, शाली नदीमा भक्तजनको घुइँचो

नेपालभ्युज

स्वस्थानी व्रत समापन हुँदै, शाली नदीमा भक्तजनको घुइँचो
तस्वीर : रासस

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज (बुधबार) एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ ।

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो ।

काठमाडौंको साँखुस्थित शाली नदी क्षेत्रमा बुधबार स्वस्थानी व्रत तथा माधवनारायण मेला भर्न आएका भक्तजनको घुइँचो लागेको छ ।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।

त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।

एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved