चक्कु लिएर ‘हर हर महादेव’ भन्दै हिँडिरहेका थिए युवा, नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि प्रहारको प्रयास

नेपालभ्युज

चक्कु लिएर ‘हर हर महादेव’ भन्दै हिँडिरहेका थिए युवा, नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि प्रहारको प्रयास

काठमाडौं । कैलालीको धनगढीमा एक युवाले ड्युटीमा रहेका प्रहरीलाई चक्कु प्रहार प्रयास गरेका छन् ।

धनगढीको ट्राफिक चौराहामा मंगलबार राति ड्युटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको हो ।

चक्कु बोकेर ‘हर हर महादेव’ भन्दै हिँडिरहेका युवालाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीलाई चक्कु प्रहार गर्न लखेटेका थिए । तर प्रहरी भागेर जोगिन खोजेको सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा देख्न सकिन्छ ।

ती युवालाई पक्राउ गर्न सफल भएको कैलाली प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेको बताइएको छ उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved