जापानले २० हजार केयर गिभर नेपाली लैजाने, समझदारीपत्रमा हस्ताक्षर

नेपालभ्युज

जापानले २० हजार केयर गिभर नेपाली लैजाने, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापानले  २० हजार केयर गिभर नेपाली  लैजाने घोषणा गरेको  छ। जापानले ‘नेपाल-जापान सेवा आदान प्रदान कार्यक्रम’ अन्तर्गत २० हजार केयर गिभरलाई लैजाने घोषणा गरेको हो।

नेपाल र जापानका कम्पनीहरूले सोमबार काठमाडौंमा एक संयुक्त  कार्यक्रम आयोजना गरी यसबारेमा जानकारी दिएको हो ।

जापानका जेन्काउ रिसर्च इन्स्टिच्युटका, कोजाइ कोसन कर्पोरेसन प्रोग्रेसिभ स्टाफ एजेन्सी र नेपालका काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, सन एन्ड कम्पनी प्रालि र सान्दिपनी ग्रुप अफ एजुकेसनका प्रतिनिधिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य सेवाका क्षेत्रमा जापानमा कामदार आवश्यक रहेकाले नेपालीलाई दक्ष बनाउँदै जापानको रोजगारीमा अवसर सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाले जानकारी दिए।

१८ वर्षदेखि ४५ वर्षसम्मका व्यक्ति जापानको यस्तो रोजगारीमा जान योग्य हुनेछन्। जापानको केयरगिभिङ क्षेत्रमा जान चाहने नेपालीका लागि नर्सिङ विषयको अध्ययन अनिवार्य गरिएको छैन। जापानी भाषाको आधारभूत ज्ञान ‘एन फोर’ लेभलको भाषा परीक्षा उत्तीर्ण गरी तोकिएको सीप परीक्षणमा पास गरेका नेपाली जापानको केयरगिभिङ क्षेत्रमा जान पाउनेछन्।

भाषा परीक्षा र सीप परीक्षणमा उत्तीर्ण भएकाहरूलाई अन्तर्वार्तामार्फत जापानी कम्पनीले छनोट गर्ने पीएसएसका कार्यकारी निर्देशक चिजो मासुदाले बताए। यसरी छानिएकाहरूलाई नेपालमा नै केयरगिभरका लागि आवश्यक सूचनाप्रविधि र एआईलगायतका तालिम प्रदान गरिनेछ।

यसरी जापान जानेहरूले तीनदेखि पाँच वर्षसम्म रोजगारीको अवसर पाउनेछन्। त्यसपछि नेपाल फर्कन उनीहरूलाई प्रोत्साहन गरिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved