नेसपा (नयाँ शक्ति) महाधिवेशन : बाबुरामको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, निर्वाचन प्रक्रिया सुरू

नेपालभ्युज

नेसपा (नयाँ शक्ति) महाधिवेशन : बाबुरामको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, निर्वाचन प्रक्रिया सुरू

काठमाडौं । नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति)को काठमाडौँमा जारी प्रथम महाधिवेशनको बन्दसत्रबाट संयोजक डा.बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरेको छ ।

‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकमा भट्टराईले पेस गरेको प्रतिवेदन पार्टीमा समृद्धिको अभियान चलाउन सुझावसहित सर्वसम्मत पारित गरेको हो ।

भट्टराईको राजनीतिक प्रतिवेदनसँगै समसामयिक राजनीतिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पनि पारित भएपछि महाधिवेशनको निर्वाचन प्रक्रिया सुरू भएको छ ।

सोमबार भट्टराईले पेस गरेको प्रस्तावमाथि १२ वटा समूहमा छलफल भएको थियो । समूहगत छलफलबाट आएका सुझावलाई समेटेर प्रतिवेदन पारित गरेको र निर्वाचन प्रक्रिया सुरू भएको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।

पार्टीको नयाँ नेतृत्व चयन गरी नेसपा (नयाँ शक्ति)को महाधिवेशन मङ्गलवार सम्पन्न हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved