जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले संसदमा लगेको संविधान संशोधन प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेको आरोप लगाएका छन् ।
सोमवार जनकपुरमा पत्रकारसँग कुराकानी गर्ने क्रममा प्रचण्डले आफूले मधेसी जनताको माग सम्बोधन गर्नुपर्छ भनेर दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा ओलीले रोकेको बताए ।
‘मधेसी जनताका लागि मैले दुईपटक संविधान संशोधनको प्रस्ताव संसदमा लगेको हो । तर, केपी ओली त्यस्ता नेता हुन् जसले रोके,’ प्रचण्डले भने, ‘उहाँले त आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त ।’ उनले प्रधानमन्त्री ओलीले ओलीले परिवर्तन र संविधान नै खारेज गर्न चाहेको बताए ।
ओलीले यसअघि दुईदुई पटक संसद् विघटन गर्नुको तात्पर्य पनि त्यही भएको प्रचण्डको दाबी छ ।
Facebook Comment
Comment