ट्रम्पले गरे मस्कको बचाउ

नेपालभ्युज

ट्रम्पले गरे मस्कको बचाउ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति इलोन मस्कको बचाउ गरेका छन् ।

डेमोक्र्याटिक पार्टीले मस्कमाथि विभिन्न आरोप लगाइरहेको बेलामा ट्रम्प नै बचाउमा उत्रिएका हुन् ।

उनले मस्कले अमेरिकामा फजुल खर्च रोक्न काम गरिरहेको र कुनै स्वार्थी मनसाय नभएको बताएका छन् ।

यसअघि अमेरिकाको विपक्षी डेमोक्र्याटिक पार्टीले ट्रम्प प्रशासनको सुझावले मस्कलाई फाइदा पुग्ने आरोप लगाएको थियो ।

मस्कको बचाउमा आउँदै ट्रम्पले अमेरिकी च्यानल फक्स न्यूजसँग भने, “उनी (मस्क) ले यसबाट केही पाउँदैनन् । वास्तवमा उनले यसको लागि कसरी समय निकाल्छन् भन्ने कुरामा म छक्क पर्छु ।”

ट्रम्पले थपे, “मस्कको सरकारी दक्षता विभागले सैन्य र शिक्षा विभागको खर्चको अनुसन्धान गर्नेछ । यो काम आगामी ‘२४ घण्टा’ भित्र सम्पन्न हुनसक्ने सम्भावना छ । हामी सेनामा अर्बौं डलरको ठगीको पर्दाफास गर्नेछौँ । मानिसहरूले मलाई यही कारणले रोजेका छन् ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved