पाथीभरामा केबलकार विवाद प्रकरण : गृहमन्त्री र आन्दोलनरत पक्षबीच भेटवार्ता हुँदै

नेपालभ्युज

पाथीभरामा केबलकार विवाद प्रकरण : गृहमन्त्री र आन्दोलनरत पक्षबीच भेटवार्ता हुँदै

काठमाडौं । ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न वार्ता र भेटघाटको क्रम जारी छ ।

सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आइतबार भएको वार्ता विनानिष्कर्ष टुङ्गिए पनि समस्या समाधानको प्रयास जारी रहेको हो ।

यसैबीच आज (सोमबार) आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गर्ने तय भएको छ ।

आफ्नो पहलमा आन्दोलनरत पक्षको गृहमन्त्रीलाई भेट्ने तय भएको ताप्लेजुङका सांसदसमेत रहेका योगेश भट्टराईले जानकारी दिए ।

आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्तामार्फत् समस्याको समाधान गर्न पनि उनले अनुरोध गरेका छन् ।

‘आइतबार बिहान १० बजेदेखि अपरान्ह १२ बजेसम्म निर्माणाधिन पाथीभरा केवलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधि मित्रहरूसँग सौहाद्रपूर्ण संवाद गरियो । उहाँहरूका कुरा सुने । मेरा कुरा भनेँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँहरूले गृहमन्त्रीसमक्ष भेटेर आफ्ना कुरा राखन चाहनु भएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नु भएअनुरुप मैले गृहमन्त्रीलाई अनुरोध गरे । गृहमन्त्रीले आज साँझ ६ बजे भेटघाटको समय दिनु भएको जानकारी गराउँदछु । आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्तामार्फÞत् समस्याको समाधान गर्न अनुरोध गर्दछु ।’

यता वार्ता टोलीकी सदस्य सरस्वता सिङ्गक सरुले पनि गृहमन्त्री रमेश लेखकसँग आज छलफल हुने जानकारी दिएकी छिन् ।

वार्तापछि गृह मन्त्रालयले आइतबार राति विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले समस्याको समाधानका लागि संवाद गर्न सदैव तयार रहेको जनाएको थियो । मन्त्रालयले समस्याको समाधान वार्ताको माध्यमबाट खोज्न आग्रह गरेको छ ।

आन्दोलनरत पक्षको प्रतिनिधित्व गरेको वार्ता टोलीले भने अब कर्मचारीस्तरमा वार्ता नगर्ने जनाएको थियो ।

दुई पक्षबीच यसअघि भएको वार्ता पनि विनानिष्कर्ष टुङ्गिएको थियो ।

पाथीभरा केबलकार विवाद : सरकारी पक्ष र आन्दोलनरतबीचको वार्ता विनानिष्कर्ष टुङ्गियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved