नेपाली क्रिकेटरद्वय सोमपाल र करणले गरे महाकुम्भ मेलामा स्नान

नेपालभ्युज

नेपाली क्रिकेटरद्वय सोमपाल र करणले गरे महाकुम्भ मेलामा स्नान

काठमाडौं । नेपालका क्रिकेटरद्वय सोमपाल कामी र करण केसीले भारतको प्रयागराजस्थित महाकुम्भ मेलामा स्थान गरेका छन् ।

यसको जानकारी सोमपालले सोमबार सामाजिक सञ्जालमार्फत् दिएका हुन् । तस्वीरमा दुवै क्रिकेटर स्नानपछि नमस्कार गरिरहेको अवस्थामा छन् ।

प्रयागराजमा जारी महाकुम्भ मेलामा थुप्रै नेपाली सहभागी भइरहेका छन् । त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागिरहेको छ ।

उत्तर प्रदेश सरकारले महाकुम्भ सन् २०२५ मा आइतबार करिब ८४ लाख २९ हजार भक्तजनले स्नान गरेको बताएको छ ।

महाकुम्भमा हालसम्म ४२ करोडभन्दा बढी सहभागी, दुई मुख्यमन्त्रीले सँगै गरे स्नान

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved