संसद् बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

नेपालभ्युज

संसद् बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची
फाइल तस्वीर ।

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज (सोमबार) पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन २०८०/८१ पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार विधेयक २०८० छलफलका लागि प्रस्तुत गर्नेछन् । साथै उनले सुरक्षित कारोबार विधेयक २०८१ लाई पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूची छ ।

संसदका दुवै सदनको बैठक आइतबार पनि बसेको थियो । संसदको हिउँदो अधिवेशन यही माघ १८ गतेदेखि सुरु भएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved