बबई बस दुर्घटना अपडेट : ३६ जना घाइते, ५ को अवस्था गम्भीर

नेपालभ्युज

बबई बस दुर्घटना अपडेट : ३६ जना घाइते, ५ को अवस्था गम्भीर

काठमाडौं । रन्त राजमार्ग अन्तर्गत बबईमा भएको बस दुर्घटनामा ३६ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आइतबार बेलुका ५ः२० बजेतिर भे १ ख ४३३१ नम्बरको बस बबई स्थित सानो खोलामा दुर्घटनामा परेको थियो ।

भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलामा जाँदै गरेको सो बसमा ४१ जना सवार रहेको बताइएको छ ।

प्रहरीका अनुसार घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved