रुखको हाँगाले लागेर एक जनाको मृत्यु

नेपालभ्युज

रुखको हाँगाले लागेर एक जनाको मृत्यु
प्रतीकात्मक तस्वीर ।

तनहुँ । व्यास नगरपालिका–१० स्थित नयाँगाउँ निवासी ५१ वर्षीय हीराबहादुर थापाको रुखको हाँगा लागेर मृत्यु भएको छ ।

घर नजिकै दाउरा काट्ने क्रममा रुखको हाँगाले लागेर घाइते भएका थापाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतकको शव आफन्जनलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved