काठमाडौं । सरकारले राष्ट्रियसभामा दर्ता गराएको सामाजिक सञ्जाल विधयेक २०८१ संशोधन गर्नुपर्ने माग गर्दै अनलाइन टीभी पत्रकार सङ्घले आन्दोलनमा उत्रिएको छ ।
सामाजिक सञ्जालमै मिडिया सञ्चालन गर्दै आएका अनलाइन टीभीकर्मी (युट्युबर)हरूले आइतबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘आलाेचना गर्ने अधिकार खोस्न पाइँदैन’लगायत नारा लगाएका थिए ।
सङ्घका अध्यक्ष जीवन भण्डारीले सामान्य आग्रहबाट मात्रैले सरकार र पार्टीहरूले नटेरेपछि आफूहरू आन्दोलन उत्रिएको बताए ।
यसअघि सङ्घका पदाधिकारी र अनलाइन टीभीकर्मीहरूको बैठकले विधेयकका धेरै विषयबस्तु संशोधन हुनै पर्ने निश्कर्ष निकालेको थियो ।
अनलाइन टीभीका नाममा र सामाजिक सञ्जाल प्रयोगका क्रममा धेरै विकृति र अपराध भएकाले त्यसलाई नियमन गर्नु आवश्यक भएपनि सरकारले नियमनको आवरमा नियन्त्रणको नियत राखेको सङ्घको ठहर छ ।
विधेयकका कतिपय व्यवस्थाले आफूहरूको पेशा मात्रै सङ्कटमा नपारी आलोचना र खबरदारी गर्ने नागरिक अधिकारसमेत खोसिने दाबी सङ्घको छ ।
सङ्घले नागरिक अधिकार नै कुण्ठित पार्ने विधेयकलाई संशोधन गराउन सबै नागरिक पनि आन्दोलित हुनुपर्नेमा जोड दिएको छ ।
Facebook Comment
Comment