मधेसवादी दललाई अध्यादेशको पक्षमा ल्याउने प्रयास भइरहेको छ : शङ्कर पोखरेल

नेपालभ्युज

मधेसवादी दललाई अध्यादेशको पक्षमा ल्याउने प्रयास भइरहेको छ : शङ्कर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले जारी गरेको अध्यादेशमा मधेसवादी दललाई सहमतिमा ल्याउन थालिएको बताएका छन् ।

एमाले बागमती प्रदेश कमिटीले शुक्रबार भक्तपुरको गोठाटारस्थित मदन/आश्रति स्मृति प्राविधिक शिक्षालयमा आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रशिक्षक/प्रशिक्षण कार्यक्रममा उनले मधेसवादी दललाई अध्यादेशको पक्षमा ल्याउने प्रयास भइरहेको बताए ।

‘मधेसवादी दलले अध्यादेशलाई समर्थन गर्नका लागि अप्ठयारो मानेको देखिन्छ । तिनलाई सहमति गराएर यस विषयलाई अगाडि बढाउने पार्टीको सोच छ । त्यसका लागि प्रयास भइरहेको छ,’ महासचिव पोखरेलले भने ।

उनले राज्य कमजोर पारेर व्यक्ति बलियो हुने प्रयास गर्न खोजिएको भन्दै बलियो राज्यले नै समाजलाई चाहेको दिशामा डोर्याउन सक्ने र त्यसका लागि पार्टीले काम गरिरहेको बताए ।

महासचिव पोखरेलले राजनीतिक धुव्रीकरण गर्दै ठूला पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने धारणा राखे । उनले दुई ठूला पार्टी लामो समयसम्म सँगै बस्न नसकिने भन्दै निर्वाचनमा अलग अलग भएर चुनावमा जाने बताए । ‘हाम्रो लक्ष्य फरक भएकाले लामो समयसम्म सँगै बस्न सकिँदैन । नीतिगत प्रतिस्पर्धा गर्ने बाटो तयार गर्नका लागि अहिले दुई पार्टी मिलेका हौँ । त्यो काम गर्छौं,’ उनले थपे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved