बागमती प्रदेशसभा बैठक : खेलकुद विकास ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

नेपालभ्युज

बागमती प्रदेशसभा बैठक : खेलकुद विकास ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित
फाइल तस्वीर ।

मकवानपुर । बागमती प्रदेशसभाको शनिबारको बैठकले ‘प्रदेश खेलकुद विकास ऐन २०७५, लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिबाट पारित गरेको छ ।

उक्त विधेयक पारित गरियोस् भनी प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बैठकमा पेस गरेका थिए ।

सोही विधेयकमाथि दफावार छलफलका क्रममा सांसद रत्नप्रसाद ढकाल र छिरिङदोर्जे लामाले विधेयकमाथि प्रश्न उठाएकोमा मन्त्री महर्जनले उत्तर दिएका थिए ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको घोषणा गरे । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved