ब्रिगेड ब्वाइजलाई हराउँदै पुलिस सेमिफाइनलमा

नेपालभ्युज

ब्रिगेड ब्वाइजलाई हराउँदै पुलिस सेमिफाइनलमा

काठमाडौं । आहा रारा पोखरा गोल्डकपमा नेपाल पुलिस क्लब ब्रिगेड ब्वइज क्लब यूकेलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको क्वार्टरफाइनल खेलमा पुलिसले ब्रिगेड ब्वाइजलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

पुलिसका लागि विवेक पान्डे र राम वाजीले गोल गरे ।

खेलको २७ओैं मिनेटमा पुलिसका लागि विवेकले कर्नरमा गोल गरेका थिए ।

खेलको ४०औं मिनेटमा पुलिसले कर्नर पाएको थियो । यसपटक पनि विवेकले नै कर्नर प्रहार गरे । उनको प्रहारलाई कप्तान रामले गोलमा परिणत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved