जनकपुर साहित्य उत्सवको कविता प्रतियोगितामा झा प्रथम

नेपालभ्युज

जनकपुर साहित्य उत्सवको कविता प्रतियोगितामा झा प्रथम

जनकपुरधाम । जनकपुर साहित्य महोत्सवमा विद्यार्थी केन्द्रित कविता प्रतियोगिता सम्पन्न भएको छ ।

नवमिथिला फाउन्डेसनको आयोजनामा जारी महोत्सवमा विद्यालयस्तरीय सो प्रतियोगितामा सुमितकुमार झा प्रथम भएका छन् ।

यसैगरी दोस्रो अतिथि प्रिया र तेस्रो महिमाराजश्री साह भएका छन् ।

कविता प्रतियोगिताको पहिलो चरणमा ५ जनालाई छनौट गरिएको थियो, जसमध्ये आज ३ जनालाई अन्तिम छनौट गरी विजेता बनाइएको हो ।

प्रथम हुनेलाई २१ हजार नगद, दोस्रो हुनेलाई ११ हजार नगद र तेस्रो हुनेलाई ५१ सय नगद प्रदान गरिएको छ ।

विजेताहरुलाई इम्तियाज वफा, विप्लब प्रतीक, ई. प्रकाशचन्द्र साह र पुनम झा मैथिलीले संयुक्त रुपले पुरस्कार प्रदान गरेका छन्।

छनोट समितिमा इम्तियाज वफा, विप्लब प्रतीक र विन्दू ठाकुर थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved