काङ्ग्रेस नेता विश्वकर्माविरुद्ध अख्तियार पुगे साम्पाङ

नेपालभ्युज

काङ्ग्रेस नेता विश्वकर्माविरुद्ध अख्तियार पुगे साम्पाङ

काठमाडौं ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाली काङ्ग्रेस नेता मीन विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् ।

पूर्व सांसद समेत रहेका विश्वकर्माविरुद्ध मेयर साम्पाङले  छानबीन गरी दोषी पाइएमा कानुनी कारवाहीको माग गर्दे आयोगको इटहरीस्थित कार्यालयमा उजुरी हालेका हुन् ।

उजुरीमा साम्पाङले विश्वकर्माले २१ करोड रुपैयाँको हिसाब किताब देखाउन  माग गरेका छन् ।

विश्वकर्माले एक टीभी अन्तर्वार्तामा एडीबीबाट ऋण र अनुदानमार्फत १ अर्ब ५० करोड रुपैयाँ ल्याएर धरानमा खानेपानी योजना सञ्चालन गरेको बताए पनि उपमहानरको लेखा शाखाले १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च गरेको   उजुरीमा उल्लेख छ ।

बाँकी २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँ के, कसरी, कहाँ खर्च भयो त्यसको हिसाब विश्वकर्माले दिनुपर्ने र  हिसाब नदेखाएमा कानुन बमोजिम कारबाही गर्न उजुरीमा माग गरिएको छ ।

यस्तो छ साम्पाङले विश्वकर्माविरुद्ध अख्तियारमा दिएको उजुरी-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved