वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ पक्राउ

नेपालभ्युज

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा प्रहरीले थप १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट  चन्द्रनिगाहापुरका दीपक आलेमगर रहेको प्रहरीले जानकारी दिएको छ ।

आलेमगरविरुद्ध प्रहरीले पूरक अभियोग लैजाने तयारी गरेको जनाएको छ । उनीविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालिएको बताइएको छ ।

काठमाडौँ जिल्ला अदालतले यसअघि पक्राउ परेका ३ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि दोलखाका ललितकुमार केसी र झापाकी  सीतादेवी राई धरौटी बुझाएर छुटेका छन् । धरौटी बुझाउन नसकेका हुम्लाका  महानन्द जैसी कारागार चलान भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved