अरब लिग र ओआइसीको आकस्मिक सत्र बोलाउन हमासको आग्रह

नेपालभ्युज

अरब लिग र ओआइसीको आकस्मिक सत्र बोलाउन हमासको आग्रह

गाजा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजाबाट अन्यत्र सार्ने सुझाबपछि हमासले बिहीबार अरब लिग र इस्लामिक सहयोग सङ्गठन (ओआइसी)लाई आकस्मिक अधिवेशन बोलाउन आह्वान गरेको छ।

एक प्रेस विज्ञप्ति जारी गर्दै हमासका नेता महमुद मर्दावीले अरब क्षेत्र र अन्तर्राष्ट्रिय दुवै स्तरमा समन्वयात्मक कूटनीतिक प्रयासको लागि आह्वान गर्दै उनीहरूको अधिकारलाई कमजोर पार्ने वा उनीहरूलाई आफ्नो भूमिबाट विस्थापित गर्ने उद्देश्य राख्ने कुनै पनि प्रस्तावविरुद्ध संयुक्त प्यालेस्टिनी अडानको आवश्यकतामा जोड दिएका छन् ।

उनले प्यालेस्टनी एकतालाई मजबुत बनाउन र गाजा र प्यालेस्टाइनलाई समग्ररूपमा सामना गर्नका लागि व्यापक रणनीति विकास गर्न एकीकृत मोर्चा गठन गर्न आह्वान गर्दै प्रतिक्रियामा राजनीतिक, कूटनीतिक र व्यावहारिक उपायहरूको समन्वय समावेश हुनुपर्नेमा जोड दिए ।

हमास नेताले ट्रम्पको प्रस्तावलाई ‘नश्लवादी’ योजनाको संज्ञा दिएका छन् । उनले प्यालेस्टिनी मुद्दालाई कमजोर पार्ने, अधिकार खोस्ने र आफ्नो मातृभूमिबाट विस्थापित गर्ने उद्देश्यले ल्याइएको योजना ट्रम्पको ‘समाधान नीति’को निरन्तरता भएको बताउँदै यसको कडा रूपमा विरोध गरे ।
उनले भने, “गाजा, वेस्ट बैङ्क, जेरुसेलम वा इजरायलमा रहेका हाम्रा प्यालेस्टिनी जनताले कहिल्यै पनि आफ्नो अधिकार त्याग्ने छैनन् वा आफूलाई विस्थापित हुन दिने छैनन्।”

ट्रम्पको टिप्पणी प्यालेस्टिनी भूमि कब्जाको पक्षधर अमेरिकी प्रशासनको अर्को भ्रम मात्र हो र यो योजना पहिलेका सबै जस्तै विफल हुनेछ,” उनले भने । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved