काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा पूजा महतो उत्कृष्ट नेपाली खेलाडी घोषित भइन् ।
दुवै ब्याटिङ र बलिङमा उत्कृष्ट योगदान पुर्याएकी पूजा उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी हुन् ।
सिरिजमा उनले ३ विकेट लिनुको साथै १३४ रन बनाइन् । यससँगै पूजाले यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड स्कुटर पनि प्राप्त गरेकी छिन् ।
सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पूजा तेस्रो स्थानमा रहिन् । १६६ रन बनाएकी नन्नापत कोनचारोएनकाई पहिलो भइन् भने १६० रन बनाएकी स्टेरे लॉरियन कालिस दोस्रो सर्वाधिक रन बनाउने खेलाडी रहिन् ।
यस्तै, प्लेयर अफ द सिरिज थाइल्याण्डकी लेफ्ट आर्म स्पिनर थिपाचा पुथावाङले जितिन् । प्रतियोगितामा उनले १६ विकेट लिइन् । उनले २५ हजार रुपैयाँ प्राप्त गरेकी छन् ।
थाइल्याण्डकी ओन्निचा कामचोम्फु प्लेयर अफ द म्याच घोषित भइन् । फाइनलमा थाइल्याण्डलाई जित दिलाउन उनले १५ रन खर्चेर ३ विकेट लिइन् ।
Facebook Comment
Comment