काठमाडौं । लोकप्रिय कर्खा गायक लालबहादुर गन्धर्वको निधन भएको छ ।
गोरखाको भीमसेनथापा गाउँपालिका-१ घ्याम्पेशाल निवासी गन्धर्वको ८० वर्षको उमेरमा बिहीबार निधन भएको हो ।
क्यान्सरबाट ग्रस्त उनको निवासमा घ्याम्पेशालस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नौ वर्षकै कलिलो उमेरदेखि सारङ्गी बजाउने पुख्यौली पेशा अपनाउँदै आएका उनले जीवनको अन्तिम क्षणसम्म पनि सारङ्गी बजाउँदै आएका थिए ।
विसं २०२२ सालमा रेडियो नेपालमा जागिरे भए । २० वर्षको कलिलो उमेरमा उनी भूमि सुधारको कर्खा गएर तत्कालीन राजा महेन्द्रको रोजाइमा परेका थिए ।
९० सालको महाभूकम्प, पृथ्वीनारायण शाहको जीवनी, जङ्गबहादुरको सत्ता उत्थान, विश्वयुद्ध, डाँफे चरी लगायतका कर्खा, सवाई उनले रेडियो नेपालबाट गायका थिए ।
Facebook Comment
Comment