विपिन जोशीको रिहाइका लागि अरब संसद्का अध्यक्षलाई सभामुखको पत्र

नेपालभ्युज

विपिन जोशीको रिहाइका लागि अरब संसद्का अध्यक्षलाई सभामुखको पत्र

काठमाडौं । सभामुख देवराज घिमिरेले विपिन जोशीको रिहाइका लागि पहल गरेका छन् ।

अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै उनले जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेका हुन् ।

पत्रमा भनिएको छ, “नेपाल र अरब लिगबिचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु ।”

पत्रमा सभामुख घिमिरेले नेपाल र अरब लिगबिचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै विपिनलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

जोशीको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको छ । गएको आइतबार नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले सभामुखसँगको भेटमा विपिनको रिहाइका लागि संसदीय कूटनीति समेत प्रयोग गर्न सकिने सुझाव दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved