काठमाडौं । रुपन्देहीमा बनिरहेको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फल्ड लाइट जडानको काम सुरु भएको छ ।
शुक्रबार स्टेडियमका एमडी विनोद कुँवरले पत्रकार सम्मेलन गरेर फल्ड लाइटको लागि काम सुरु भएको र १५ दिनमै सकिने जानकारी दिए । शुक्रबार क्रिकेट स्टेडियमको सामाजिक सञ्जालमा फल्ड लाइटको सामग्री ल्याएको तस्वीर पनि सार्वजनिक गरिएको छ ।
कुँवरले एक महिनापछि ‘डे नाइट म्याच’ खेलाउन सकिने गरी तयारी अघि बढाइएको बताएका छन् ।

२०८० साल जेठ २९ गते स्टेडियमको शिलान्यास गरिएको थियो । स्टेडियमको मैदान सोही वर्षको फागुनमै खेल्नका लागि तयार भएको थियो ।
फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेन्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।
यस मैदानलाई यु–१९ महिला विश्वकप खेलेको टोली र नेपाल प्रिमियर लिग एनपीएल फ्रेन्चाइज लुम्बिनी लायन्सले अभ्यासका लागि पनि प्रयोग गरेका थिए । भारतबाट पनि केही क्लबस्तरीय टिम आएर यो मैदानमा खेलेका थिए ।
स्टेडियममा नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

Facebook Comment
Comment