युवतीसँगै होटलमा बसेका युवकको मृत्यु, दुई जना पक्राउ

नेपालभ्युज

युवतीसँगै होटलमा बसेका युवकको मृत्यु, दुई जना पक्राउ
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । झापाको एक होटलमा युवा मृत अवस्थामा फेला परेका छन् ।

बिर्तामोडस्थित एभरेष्ट होटल एण्ड लजमा बसेका हल्दिबारी गाउँपालिका–१ गोलधाप घर भएका ३० वर्षीय सागर बेस्रा मृत भेटिएका हुन् ।

घटनामा युवासँगै बसेकी सुनसरीको धरान उपमहानगरपालिका–१५ की २३ वर्षीया मुना विक र होटेल सञ्चालक बिर्तामोड–५ की ४८ वर्षीया यामकुमारी उप्रेतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएराति खाना खाएर उनीहरु सँगै सुतेका थिए । मुनाले प्रहरीमा दिएको बयानअनुसार सागर राति कोठाभित्र बाथरुमको ढोकाको छेउमा लडेर बेहोस भएका थिए ।

त्यसपछि उनलाई युवती र होटल सञ्चालक महिलाले उपचारका लागि अस्पताल पुर्‍याएका थिए । चिकित्सकले जाँच गर्दा उनको पहिल्यै मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ ।

ती युवती र होटल सञ्चालकको बयानमा शङ्का लागेकोले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एक प्रहरी अधिकृतले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved