थाइल्यान्डविरुद्ध सान्त्वना जितको खोजीमा नेपाल

नेपालभ्युज

थाइल्यान्डविरुद्ध सान्त्वना जितको खोजीमा नेपाल

काठमाडौं । महिला टी–२० त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत आज (शुक्रबार) अन्तिम खेल हुँदैछ । अन्तिम खेलमा आज घरेलु टोली नेपालले थाइल्यान्डको सामना गर्दै छ ।

यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । आज नेपाल थाइल्यान्डविरुद्ध मैदानमा उत्रँदा सान्त्वना जितको खोजीमा हुनेछ ।

यसअघि भएका सबै पाँचवटा खेलमा नेपालले पराजय भागेको छ । यसर्थ नेपाल आज थाइल्यान्डलाई हराएर शृङ्खलाको सुखद अन्त्य गर्न चाहन्छ ।

थाइल्यान्ड पाँच खेलमा चार जितसहित आठ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । ६ खेलबाट समान अङ्क जोडेको नेदरल्याण्ड्स नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ ।

यसर्थ थाइल्यान्डको शृङ्खला जित्ने सम्भावना प्रबल छ । आज झिनो अन्तरले पराजित हुँदा पनि उसले उपाधि जित्न सक्छ ।

 

थाइल्याण्डको अपराजित यात्रा टुङ्गियो, नेदरल्याण्ड्ससँग १ विकेटले पराजित

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved