जनकपुरधाम । अमित झा स्मृति साहित्य, सङ्गीत पुरस्कार स्वर्गीय गुरुदेव कामतलाई प्रदान गरिएको छ ।
बिहीबार जनकपुरधाम साहित्य महोत्सवको ६औं संस्करणको पहिलो दिन कामतकी श्रीमती सगुनवतीदेवीले एक लाख पाँच हजार राशीको पुरस्कार ग्रहण गरेकी छन् ।
मुख्यमन्त्री सतिशकुमार सिंह र अमितको बुवा रामनारायण झाले पुरस्कार हस्तान्तरण गरेका हुन् ।
भारतबाट सङ्गीतमा स्नात्तक गरेका कामतले गत साउनमा मृत्युवरण गरेका थिए । प्रबल जनसेवा श्रीलगायत पुरस्कारबाट समेत सम्मानित भइसकेका कामतले राज्यबाट विशेष सहयोग पाएका थिएनन् ।
त्यस्तै, अर्का सङ्गीतकार अशोक दत्तलाई समेत ५१ हजार रुपैया आर्थिक सहयोग गरिएको छ । सङ्गीत क्षेत्रमा उल्लेखनीय योगदान दिएका उनी क्यान्सर रोगबाट ग्रसित छन् ।
नव मिथिला फाउण्डेशनको आयोजनामा आजदेखि तीन दिवसीय जनकपुरधाम साहित्य महोत्सवको ६औं संस्करण सुरु भएको छ ।

Facebook Comment
Comment