ग्लोबल आइएमईले फोटो पत्रकारलाई क्यामेरा खरिदका लागि कर्जा दिने

नेपालभ्युज

ग्लोबल आइएमईले फोटो पत्रकारलाई क्यामेरा खरिदका लागि कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैङ्कले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपीजे)का सदस्यहरुलाई क्यामेरा खरिदको लागि विनाधितो कर्जा उपलब्ध गराउने भएको छ ।

यससम्बन्धी सम्झौतामा बैङ्कका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बैङ्कले क्यामेरा खरिदको लागि रु २ लाख देखि ५ लाखसम्म विना धितो कर्जा प्रवाह गर्नेछ । बैङ्कले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधा सहित कर्जा उपलब्ध गराउने छ ।

कर्जाको लागि फोटो पत्रकारहरुले आवश्यक कागजातहरू र आवेदन फारमसहित एनएफपिजेको सिफारिसमा कर्जाको लागि बैङ्कमा सम्पर्क गर्नुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved