बादलले भने – जनयुद्ध हिंसा नै हो

नेपालभ्युज

बादलले भने – जनयुद्ध हिंसा नै हो
फाइल तस्वीर।

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनयुद्ध हिंसा नै भएको बताएका छन् ।

अछाममा पार्टीको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “जनयुद्ध भनेको हिंसा नै हो । जनयुद्ध भनेको युद्ध हो, युद्ध भनेकै हिंसा हो । हिंसा भनेको फरक पाटो हो, त्यहाँ मर्न र मार्ने हुन्छ । त्यसकारण अहिले हाम्रो अध्यक्षले भनेकोमा मेरो कुनै आपत्ति छैन । त्यो कुरालाई माओवादीले पनि मान्छ ।”

हिंसा भनेको वर्गसङ्घर्ष भएको उनको भनाइ छ ।

जनयुद्धलाई हिंसा भनेको भन्दै केही समयअगाडि प्रतिनिधि सभामा एमाले-माओवादी केन्द्रका सांसदहरूबीच आरोपप्रत्यारोप नै चलेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved